PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पहिरोका कारण भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध



पहिलोपोस्ट

पहिरोका कारण भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध
फाइल फोटो।

हेटौँडा : अविरल वर्षाका कारण पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध भएको छ।

आज दिउँसो भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित पर्ने सडकमा माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी-भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधनहरु रोकिएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन्।

उनका अनुसार, हेटौँडातर्फ आउने सवारीसाधन भीमफेदीमा र विपरित दिशाबाट जाने सवारीसाधन भैसेमा रोकिएका छन्। उक्त सडकखण्डमा यातायात संचालनका लागि पहिरो पन्छाउने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell