PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीतको भिडियोमा प्रकाश र केकीको जोडी



पहिलोपोस्ट

फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीतको भिडियोमा प्रकाश र केकीको जोडी

काठमाडौं : प्रकाश सपुत र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो।

रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर सुन्न सकिन्छ। यस गीतको भिडियोमा प्रकाशका साथै केकीको अभिनय देख्न सकिन्छ। प्रकाशले यसै फिल्ममार्फत नेपाली सिनेजगतमा पाइला राखेका हुन्।

‘के वर मागी फर्क्यौ’ यसअघि नै रेकर्ड भइसकेको चर्चित गीत हो। रमेश पौडेलले यस गीतलाई विसं २०४९ सालमा लेखेका थिएँ। जुन गीतले विसं २०५० सालमा पौडेललाई नेपालबाट उत्कृष्ट गीतकारको पुरस्कार दिलाएको थियो।

सो गीतलाई विसं २०६० मा रेकर्ड गरिएको थियो। राम भक्त जोजिजुको स्वर रहेको गीतमा नारायण रायमाझीले नै संगीत भरेका थिए। जुन गीतले निकै चर्चा बटुलेको थियो। सोही चर्चित गीतलाई नै रिक्रियट गरिएको हो।

नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा बनेको फिल्ममा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेका छन्।

फिल्ममा प्रकाश र केकीका साथै दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ।

रमेश बीजीको कथा रहेको फिल्म आगामी दशैँको अवसरमा असोज १४ गते रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell