PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

ओलीले भने : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गर्दा प्रधानमन्त्रीबाट हट्नुपर्‍यो



पहिलोपोस्ट

ओलीले भने : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गर्दा प्रधानमन्त्रीबाट हट्नुपर्‍यो
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन्। अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकैकारण आफू प्रधानमन्त्री पदबाट हट्नु परेको बताए।

सोमवार काठमाडौंमा आयोजित डा द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’को लोकार्पण समारोहमा उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्रीत्व गुमाउनु पुगेको बताए। ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेवापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउन परेको उल्लेख गरे।

उनले प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कत्ति पनि पीर नलागेको तर सत्तामुखि भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रिया समेत दिए। उनले सत्तामुखि भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारुढ दलहहरुलाई पटक-पटक सचेत गराए।

त्यस अवसरमा उनले २०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरु उत्तरी सिमानामा राख्ने मातृका प्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौता हटाउने काम गरेवापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराए।

अध्यक्ष ओलीले भने, ‘हामी सत्तामुखि, सत्ता जोगाउनका लागि राष्ट्रिय हितलाई तिजाञ्जली दिने खालका गलत अभ्यास गर्न उद्दत हुनु हुँदैन। राष्ट्रिय हितलाई सर्वोपरी राखेर, देशको फाइदाका लागि पद जान्छ भने जाओस् भन्ने कुरालाई ध्यानमा राख्नु पर्दछ।’

अध्यक्ष ओलीले पूर्वजहरुले ज्यान दिएर जोगाएको देशलाई हामीले रक्षा गर्न अडेमात्रै पुग्ने टिप्पणी समेत दोहोर्‍याए। ओलीले एमसीसी सम्झौतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसद्मा पेश गरे पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासो समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell