PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

चिकित्सक संघ नारायणीको अध्यक्षमा डा गुप्ता विजयी



पहिलोपोस्ट

चिकित्सक संघ नारायणीको अध्यक्षमा डा गुप्ता विजयी

वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा सुमन प्रसादलाई १२६ मतान्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्।

अध्यक्षमा विजयी भएका गुप्ताले २०५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुमन प्रसादले ७९ मत मात्रै पाए। नेपाल चिकित्सक संघ नारायणी शाखाको १० पदका लागि भएको निर्वाचनमा कुल २८५ मत खसेको थियो।

संघको उपाध्यक्षमा डा आनन्द चौरसीया निर्विरोध निर्वाचित भएका छन्। यस्तै, सचिवमा डा नौसाद हक १५२ मतका साथ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी डा महेश्वर प्रसादले १३० मत मात्रै प्राप्त गरे।

कोषाध्यक्षमा डा शाश्वत प्रसाद पनि निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सदस्यहरुमा डा आकाश राय, डा विवेक कुमार यादव, डा‍ स्मिता सिंह, डा नविन प्रसाद यादव, डाक्टर रामाशंकर गुप्ता र डाक्टर अजय कुमार यादव निर्वाचित भएको नेपाल चिकित्सक संघ नारायणी शाखाका निर्वतमान सचिव डाक्टर उदय नारायण सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell