PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

चिकित्सक संघ नारायणीको अध्यक्षमा गुप्ता विजयी



पहिलोपोस्ट

चिकित्सक संघ नारायणीको अध्यक्षमा गुप्ता विजयी

वीरगंजः नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा. मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा. सुमन प्रसादलाई १२६ मतको फराकिलो अन्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्। गुप्ताले २०५ मत पाउँदा सुमनले ७९ मत पाए।

१० पदका लागि भएको निर्वाचनमा कुल २८५ मत खसेको थियो।

संघको उपाध्यक्षमा आनन्द चौरसिया निर्विरोध निर्वाचित भएका छन्। यस्तै सचिवमा नौसाद हक १५२ मतका साथ निर्वाचित भएका छन्। कोषाध्यक्षमा शाश्वत प्रसाद पनि निर्विरोध निर्वाचित भए। यसैगरि सदस्यहरुमा आकाश राय, विवेककुमार यादव, स्मिता सिंह, नवीन प्रसाद यादव, रामाशंकर गुप्ता र अजयकुमार यादव निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell