PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

प्रदेश संरचना खारेज गरौँ -लिङ्देन



पहिलोपोस्ट

प्रदेश संरचना खारेज गरौँ -लिङ्देन

वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तै अवस्थामा पुग्न सक्ने बताएका छन्।

वीरगंजमा आयोजित राप्रपाको एक घर एक झन्डा कार्यक्रमको लागि वीरगंज आएका लिङ्देनले मुलुक आर्थिक रुपमा कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने बताए। उनले मुलुक सेन्डिकेटमा चलिरहेको आरोप लगाए।

लिङ्देनले गठबन्धनका नेताहरु विदेशीको अगाडि लम्पसार हुने गरेको आरोप लगाए। उनले राप्रपाले अहिलेको प्रणालीको पनि परिवर्तन गर्न चाहेको बताए।

राप्रपाले प्रत्यक्ष प्रधानमन्त्री र अभिभावकको रुपमा राजालाई स्वीकार्ने उनले बताए। सङ्घीयता खारेजभन्दा प्रदेश संरचना हटाउने पार्टीको मूल एजेन्डा भएको लिङ्देनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell