PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नारायणी रंगशालाबारे छानविन गर्न गठित समितिले राखेप सदस्य सचिवलाई प्रतिवेदन बुझायो



पहिलोपोस्ट

नारायणी रंगशालाबारे छानविन गर्न गठित समितिले राखेप सदस्य सचिवलाई प्रतिवेदन बुझायो
तस्विर : राखेप

काठमाडौं : नारायणी रंगशाला जग्गा मुआब्जा एवं सट्टापट्टाबारे छानविन गर्न गठित उपसमितीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएका हुन्।

राष्ट्रिय खेलकुद परिषद्ले नारायणी रंगशाला भित्र आफ्नो जग्गा परेको भनि विभिन्न व्यक्तिहरुले उक्त जग्गाको उचित मुआब्जा वा सट्टापट्टा माग गरेकोमा राष्ट्रिय खेलकुद परिषद्को ९३ औं बोर्ड बैठकबाट जग्गाहरु सट्टापट्टा गर्ने निर्णय गरेको थियो। त्यसै बमोजिम उक्त जग्गाको मुआब्जा वा जग्गा बराबरको सट्टापट्टा गर्न जग्गाधनीहरुसँग आवश्यक छलफल र वार्ता गरि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरि प्रस्ताव सहित १५ दिन भित्र परिषद्समक्ष प्रतिवेदन पेस गर्न राखेपका सदस्य मानदेव हजाराको संयोजकत्व समिति गठन भएको थियो। जसमा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महम्मद जियाउल स्लाम सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell