PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

नारायणी नदीमा जलसतह बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह



पहिलोपोस्ट

नारायणी नदीमा जलसतह बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह
फाइल फोटो

काठमाडौं : नारायणी नदीको जलसतह सतर्कता तह नजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि)नजिक पुगेको हो।

महाशाखाले जलसतह बढ्ने क्रम निरन्तर बढिरहेको समेत जनाएको छ। जसकारण चितवन र नवलपरासीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

पछिल्लो समय कास्कीको पोखरा आसपास र नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा निकै भारी वर्षा मापन भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell