PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

कास्कीमा अविरल वर्षा, यी स्थानका बाटो पहिरोका कारण अवरुद्ध



पहिलोपोस्ट

कास्कीमा अविरल वर्षा, यी स्थानका बाटो पहिरोका कारण अवरुद्ध
फाइल फोटो

काठमाडौं : केहीदिन देखि गण्डकी प्रदेशको कास्की जिल्लामा अविरल वर्षा भइरहेको छ। जसकारण बस्तीहरु डुबानमा परेका छन् भने पहिरोले सडक अवरुद्ध भएका छन्।

सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको रूपा गाउँपालिका वडा नं.१ गैरी पोखरीस्थित पोखरा (बेगनास) बाट लमजुङ (भोर्लेटार) जाने पक्की भित्री सडक भासिएको छ। जसकारण सडक पूर्ण रूपमा अवरुद्ध भएको र यातायातका साधन संचालन हुन सकेको छैन।

यस्तै, अविरल वर्षाको कारण जिल्ला कास्कीकै अन्नपूर्ण गाउँपालिका-७ बिरेठाटी स्थितमा नयाँपुल घान्द्रुक उल्लेरी जाने पक्की बाटो पनि पहिरोका कारण अवरुद्ध भएको छ। साथै, पोखरा २९ घोत घोते स्थित पृथ्वीराजमार्गमा वर्षाको कारण नहरको पानी ‘ओभरफ्लो’ भई पानी सडकमा जाँदा सवारी साधन फस्ने, दुर्घटना हुने क्रम बढेको छ। जसकारण सवारी साधनलाई पावरहाउस र ताल चोकबाट डाईभर्सन गरिएको प्रहरीले जनाएको छ।

उक्त स्थानहरूमा पहिरो हटाएर बाटो खुलाउने पहल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell