PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

केन्टकीमा बाढी : अझै सयौं मानिस बेपत्ता, लुटपाट बढेपछि 'ओभरनाइट कर्फ्यू' घोषणा



पहिलोपोस्ट

केन्टकीमा बाढी : अझै सयौं मानिस बेपत्ता, लुटपाट बढेपछि 'ओभरनाइट कर्फ्यू' घोषणा

अमेरिकाको केन्टकी राज्यमा गएको बाढीपछि सयौं मानिस बेपत्ता भएको बीबीसीले उल्लेख गरेको छ। राज्यको दक्षिणी क्षेत्रमा गएको बाढीका कारण हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बालबालिका समेत छन्। राज्यका गभर्नर एन्डी बेशहेरले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

बाढीका कारण सयौं घरहरुमा क्षति पुगेको १२ हजारभन्दा बढी घरमा बिजुली सेवा अवरुद्ध भएको छ। यससँगै सडक, पुल र अन्य पूर्वाधारमा पनि क्षति पुगेको छ।

बाढीका कारण विस्थापित परिवारहरुलाई सुरक्षित स्थानमा सारिएको छ। करिब ३०० व्यक्तिलाई अहिले स्थानान्तरण गरिएको अधिकारीहरुले बताएका छन्। चर्च, स्टेट पार्क र मोबाइल होमहरुमा प्रभावितहरु आश्रय लिइररहेका छन्।

बाढीपछि लुटपाटको घटना बढेपछि दुईवटा काउन्टीमा ‘ओभरनाइट कर्फ्यू’ लागू गरिएको छ। ब्रेहीट काउन्टी एक अधिकारीले कर्फ्यू लागू गर्न आफूलाई मन नपर्ने भए पनि लुटपाट बढेपछि बाध्य भएर कर्फ्यू घोषणा गरेको बताएका छन्।

'हामीले धेरै गुमाइसक्यौं। बाँकी भएका सामानहरु लुटिन दिन हामी सक्दैनौं,' ती अधिकारीले बताए।

सबै तस्विर : REUTERS / GETTY IMAGES



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell