PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

फुटबल मैदानमै किरण चेमजोङले राखे प्रेमिकालाई विवाहको प्रस्ताव, लेखे : म तिमीलाई बारम्बार रोज्नेछु



पहिलोपोस्ट

फुटबल मैदानमै किरण चेमजोङले राखे प्रेमिकालाई विवाहको प्रस्ताव, लेखे : म तिमीलाई बारम्बार रोज्नेछु
भिडियो स्क्रिनसट

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान किरण चेमजोङले आफ्नी प्रेमिका कञ्चन निरौलासमक्ष विवाहको प्रस्ताव राखेका छन्। माल्दिभ्समा धिवेही प्रिमियर लिगको फाइनल खेल पश्चात अवार्ड वितरण समारोहपछि किरणले कञ्चनलाई मैदानमा ल्याएर विवाहको प्रस्ताव राखेका हुन्।

किरणले घुँडाले टेकेर कञ्चनलाई औंठी लगाइदिएका थिए। किरणले विवाहको प्रस्ताव राख्दै गर्दै उनको टीमले तालि बजाउँदै खुसीमा साथ दिएको थियो।

विवाह प्रस्ताव गरेको भिडियो फेसबुकबाट सेयर गर्दै किरणले, ‘म तिमीलाई रोज्छु र म तिमीलाई बारम्बार रोज्नेछु। बिना कुनै रुकावट, बिना कुनै शंका मुटुको धड्कनमा। म तिमीलाई रोज्नेछु,’ भनेर लेखेका छन्। किरणले विवाह प्रस्ताव राखेको दिनलाई आफ्नो श्वास रहेसम्म याद राख्ने बताएका छन्।

सो प्रतियोगिता माजिया स्पोर्ट एन्ड रिक्रिएसनले जितेको थियो। किरण सोही क्लबमा आबद्ध छन्। किरण प्रतियोगिताकै सर्वकृष्ट गोलकिपर घोषित भएका थिए। आफूलाई दिइएको गोल्डन ग्लोब्स किरणले कञ्चनलाई प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell