PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फोटो खिचाउँदै, दूध खुवाउँदै : नाग पोखरीमा नागको पूजा

फोटो खिचाउँदै, दूध खुवाउँदै : नाग पोखरीमा नागको पूजा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नाग पञ्चमीको दिन आज काठमाडौंको नक्सालस्थित नाग पोखरीमा नागको पूजा गर्न मानिसहरुको भीड लाग्यो। पोखरीको मध्य भागमा रहेको नागको मूर्तिसम्म जान नपाएका भक्तजनहरुले पोखरी परिसरमै ल्याइएका नागलाई दूधले अभिषेक गराए।

बाबा र सपेराहरुले ल्याएका ज्यूँदो सर्पलाई पूजा गर्न र दूध खुवाउने छुट्टै भीड थियो। भक्तजनहरु नागसँग फोटो खिचाउन, नागको माला लगाउन लालायित देखिन्थे।

नाग पञ्चमीको दिन आज बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिएको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ।

प्रचलनअनुसार नागको मूर्ति एवं तस्विरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ।



ट्रेन्डिङ पोस्ट

Ncell