PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

झमक घिमिरेको आत्मकथामा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ भदौ १७ देखि भारतमा प्रदर्शन हुने



पहिलोपोस्ट

झमक घिमिरेको आत्मकथामा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ भदौ १७ देखि भारतमा प्रदर्शन हुने

काठमाडौं : फिल्म ‘जीवन काँडा कि फूल’ भारतमा प्रदर्शन हुने पक्का भएको छ। नेपालमा प्रदर्शन भएको दुई वर्षपछि यो फिल्म २ सेप्टेम्बर अर्थात १७ भदौबाट भारतमा रिलिज हुँदैछ।

आगामी २ सेप्टेम्बरबाट यो फिल्म सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुने फिल्मकी कार्यकारी निर्मात्री जुनु गौतमले जानकारी दिइन्।

झमकको कृति पढिसकेका र ट्रेलर रिलिजसँगै प्रतिक्षा गरिरहेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ फिल्मको माग भएसँगै प्रदर्शनी तय गरिएको निर्देशक विनोद विष्टले बताए।

यो फिल्म साहित्यकार झमक घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल’मा आधारित छ। साहित्यकार घिमिरेले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ले २०६७ सालको मदन पुरस्कार पाएको थियो।

फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भुमिकामा काठमाडौंकी रोजिता बुद्धचार्य देखिएकी छिन्। त्यस्तै, फिल्ममा सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी हुन्। मुक्ति उपाध्याय बरालको पटकथा रहेको यस फिल्ममा झमक घिमिरेको संवाद छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell