PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

कपिलवस्तुको कोइली नदीमा आएको बाढीले दम्पती बगायो : श्रीमतीको शव भेटियो, श्रीमान अझै बेपत्ता



पहिलोपोस्ट

कपिलवस्तुको कोइली नदीमा आएको बाढीले दम्पती बगायो : श्रीमतीको शव भेटियो, श्रीमान अझै बेपत्ता
प्रतीकात्मक तस्विर।

बुटवल : कपिलवस्तुको कोइली नदीमा आएको बाढीले एक दम्पतीलाई बगाएको छ। बाणगंगा नगरपालिकाका दिलकुमार सुनार र उनकी पत्नी राममाया सुनारलाई वडा नम्बर ९ मा नदी तर्ने क्रममा मंगलवार बिहान बगाएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेसी शाहका अनुसार ३३ वर्षीया राममायाको शव एक किलोमिटर टाढा फेला परेको छ भने ३६ वर्षका दिलकुमार हालसम्म बेपत्ता छन्। उनीहरुसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले सकुशल उद्धार गरेका छन्।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। कोइली नदीले हरेक वर्ष समस्या निम्ताउदै आएको छ।

दुई वर्ष अगाडि यही नदीले बगाउँदा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बाँच्न सफल भएका थिए। यस क्षेत्रमा विगत तीन दिनदेखि निरन्तर वर्षाका कारण नदीमा बाढी आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell