PahiloPost

Aug 17, 2022 | १ भदौ २०७९

अस्ट्रेलियाको विशेष शोबाट फिल्म ‘दोख’ले पायो सकारात्मक प्रतिक्रिया



पहिलोपोस्ट

अस्ट्रेलियाको विशेष शोबाट फिल्म ‘दोख’ले पायो सकारात्मक प्रतिक्रिया

काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’को अस्ट्रेलियामा विशेष शो गरिएको छ। अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा सोमवार गरिएको शोमा दर्शकले फिल्मको तारिफ गरेका छन्।

यस फिल्म अन्य शहरमा पनि छिट्टै प्रदर्शन गरिने निर्माता मनोज अधिकारीले जानकारी दिए। नेपालमा व्यावसायिक रूपमा असफल भएपनि यस फिल्मले समीक्षकले राम्रो प्रतिक्रिया पाएको थियो।

अस्ट्रेलियामै जन्मेका दोस्रो पुस्ताका नेपालीहरुले पनि ‘दोख’ले देखाएको द्वन्दकालको कथालाई विशेष चासोका साथ हेरेर खुसी व्यक्त गरेको कार्यकारी निर्माता रन्जु वाग्लेले दाबी गरिन्।

राजन कठेतले लेखेको फिल्मले द्वन्द्वको बेला सामुदायिक बनको मुद्दालाई लिएर दुई गाउँबिच भएको झगडाको विषयलाई मुख्य कथा बनाएको छ।

फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप, राज थापा काउछा, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell