PahiloPost

May 14, 2024 | १ जेठ २०८१

बालुवाटारमा मन्त्रिपरिषदको बैठक, के चुनावको मिति घोषणा हुँदैछ?



पहिलोपोस्ट

बालुवाटारमा मन्त्रिपरिषदको बैठक, के चुनावको मिति घोषणा हुँदैछ?
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ। मन्त्रीहरुलाई निर्देशन दिन मन्त्रिपरिषदको बैठक बोलाइएको बताइएको छ। 'मन्त्रीहरुलाई निर्देशन दिनका लागि प्रधानमन्त्रीले बोलाउनुभएको हो,' स्रोतले भन्यो।

आजको बैठकबाटै चुनावको घोषणा हुने सम्भावना छ। 'आजको बैठकबाट चुनावको घोषणा हुने प्रवल सम्भावना छ,'स्रोतले भन्यो। सरकारले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको नेताहरुले बताएका थिए। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले साउन १३ गते मंसिर ४ गतेका लागि चुनाव तोक्ने तयारी भएको बताएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार १२ गते प्रधानमन्त्री देउवाले चुनावको मिति तोक्ने तयारी गरेको भए पनि आफूले केही समय पर्खिन निर्देशन दिएको बताएका थिए। निर्वाचन आयोगले देउवालाई भेटेर झण्डै महिना दिनअघि असार २२ गते मंसिर ४ गते एकै चरणमा निर्वाचन तोक्न सुझाव दिएको थियो।

उक्त सुझावअनुसार मिति नतोकिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले साउन १० गतेको पत्रकार भेटघाटमा आउने मन्त्रिपरिषदबाट चुनावको मिति घोषणा हुने दाबी गरेका थिए। थपलियाको दाबी यता मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन। सोमबार नियमित बस्ने मन्त्रिपरिषदको बैठक चुनाव घोषणाबारे सत्ता गठबन्धनका नेताहरु अनिर्णित भएका कारण प्रभावित भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell