PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

उत्पादनलाई जोड दिए नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुनसक्छ : अर्थमन्त्री शर्मा



पहिलोपोस्ट

उत्पादनलाई जोड दिए नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुनसक्छ : अर्थमन्त्री शर्मा
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्। मंगलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे। मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए।

मन्त्री शर्माले भएको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समुन्नत बनाउन सकिने बताए। सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको उनले दाबी गरे।

उनले भने, ‘भूमिहीनहरुलाई जमिन दिएर उत्पादनसँग जोड्नको लागि, पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर उत्पादनमा जोड्नको लागि औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नु पर्ने आवश्यकता रहेको छ। यसरी जाँदा मात्रै मुलुकको अर्थतन्त्रलाई सवलीकरण गर्न सकिन्छ। हामीसँग सबै कुरा छ। अब हामी उत्पादनसँग जोडिनु पर्छ।’

नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन उनले आग्रह गरे। मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए। उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell