PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रकाश सपुत र केकी अधिकारी एकअर्काका क्रस!



पहिलोपोस्ट

प्रकाश सपुत र केकी अधिकारी एकअर्काका क्रस!

काठमाडौं : नेपाली संगीत क्षेत्रमा चर्चामा आइरहने गायक हुन् प्रकाश सपुत। पछिल्लोपटक 'पीर' बाट प्रशंसा र आलोचना दुबै बटुलेका सपुत कतिपय गीतमा मोडलका रुपमासमेत छाइसकेका छन्।

तिनै प्रकाश अब फिल्ममासमेत देखिँदैछन्। उनले डेब्यू गरेको फिल्म ‘परदेशी - २’ दशैंको अवसरमा रिलिज हुँदैछ। सोमवारमात्र उनी अभिनित फिल्मको गीत एक समारोहकाबीच सार्वजनिक गरियो।

कार्यक्रममा आफ्नो फिल्मी करियर सपनाजस्तो लागिरहेको उनले बताएका थिए।

‘के वर मागी फर्क्यौ’ गीतसँग जोडिनुलाई संयोगको रूपमा लिन्छन् प्रकाश। ‘म आठ कक्षामा पढ्थे। मलाई गीत गजलमा निकै रूचि हुने। दिल दाईले गीतको संरचना कस्तो हुन्छ भनेर सिकाउनु भएको थियो। त्यो बोर्डमा गीतको संरचना यस्तो हुन्छ भनेर यो गीत लेखिएको थियो,’ उनले भने।

कार्यक्रममा फिल्मका निर्देशक नारायण रायमाझीको बयान गरेर थाकेनन् प्रकाश। रायमाझीलाई गीतसंगीतको 'कुल देवता'समेत भन्न भ्याए उनले। त्यसपछि उनले केकीसँगको भेटको किस्सा सुनाए।

बाग्लुङमा प्लस टु मा पढ्दा ताका। सोही क्रममा प्रकाशले पहिलोपटक कुनै नायिकालाई प्रत्यक्ष देखेका थिए। जुन नायिका थिइन् : केकी अधिकारी। केकी फिल्मको प्रचारको क्रममा बाग्लुङ पुगेकी थिइन्। पहिलोपटक केकीलाई बाग्लुङको एक होटलमा प्रत्यक्ष देख्ने मौका पाएको स्मरण गरे प्रकाशले।

यी सबै कुरालाई दाँज्दै उनी यस फिल्मसँग जोडिनुलाई 'मिराकल' ठान्छन्। ‘साँच्चै मलाई मिराकल झैं लागिरहेको छ। नारायण रायमाझी, यो गीतको शब्द र केकी अधिकारी। मेरो सपना र यी तीनवटासँग मलाई एउटा शक्तिले घुमाईफिराई एक ठाउँमा ल्याएर राखिदिएको छ।’

सोहीक्रममा पत्रकारले प्रश्न तेर्साए, ‘तपाईले पहिलोपटक केकीलाई देख्दा कस्तो महसुस गर्नुभएको थियो? के केकी अधिकारी तपाइँको क्रस हो?

‘केकी जीलाई पहिलोपटक देख्दा ‘लब एट फस्ट साइट’ भएको थियो। त्यतिखेर मेरो पनि बिहे भएको थिएन,’ प्रकाशको जवाफ थियो।

त्यसपछि केकीको पालो। केकीले पनि आफू प्रकाश सपुतको सिर्जनाको सधैं क्रस भएको सुनाइन्। ‘प्रकाशजी यति राम्रो हुनुहुन्छ कि उहाँ जसको पनि क्रस होला। मलाई उहाँको सिर्जनामाथि निकै विश्वास छ। उहाँका सिर्जना मेरो मनको नजिक छन्। सिर्जनाको हिसाबले उहाँ मेरो पनि क्रस हो।’

‘परदेशी-२’ मा काम गरेसँगै धेरै फिल्ममा अफर आइरहेको प्रकाशको दाबी छ। तर यस फिल्मको प्रदर्शन नभएसम्म आफू अन्य फिल्ममा काम नगर्ने उनले सुनाएँ।

‘मलाई धेरै फिल्मको अफर आइरहेको छ। अहिले पनि मेरो गाडीमा दुई वटा स्क्रिप्टहरू छन्। तर म यो फिल्मको प्रदर्शनको पखाईमा छु। यो फिल्म रिलिज भएर दर्शकले एउटा कलाकारको रूपमा कसरी लिनुहुन्छ त्यसले अरू फिल्म खेल्ने वा नखेल्ने निर्णय गर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell