PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रदर्शनीमा काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्का विद्यार्थीका कला

प्रदर्शनीमा काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्का विद्यार्थीका कला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस् अन्तर्गत आर्ट एन्ड डिजाइन विभागले आयोजना गरेको ‘इम्प्रेसन’ शीर्षकको कला प्रदर्शनी जारी छ। प्रदर्शनी सोमवारदेखि सुरु भएको हो भने शनिवार सकिनेछ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा विभागअन्तर्गत ललितकला स्नातक अन्तिम वर्षका २७ जना विद्यार्थीहरुका सयभन्दा बढी आर्ट प्रदर्शनमा छन्। विद्यार्थीहरुले कलाको माध्यमबाट आफ्नो पहिचान तथा संस्कृति झल्काउने प्रयास गरेका छन् भने केहीले आफ्नो भावनालाई व्यक्त गरेका छन्।

विश्वविद्यालयको आर्ट एन्ड डिजाइन विभागले झन्डै दुई दशकदेखि कलाकारहरु उत्पादन गरिरहेको छ। विभागले सुरुवातदेखि नै स्नातक अन्तिम वर्षका विद्यार्थीका कलालाई प्रदर्शन गर्दै आएको छ।

प्रदर्शनीको उद्घाटन सोमवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell