PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाललाई बराबरीमा रोक्दै अपराजित बंगलादेश फाइनलमा



पहिलोपोस्ट

नेपाललाई बराबरीमा रोक्दै अपराजित बंगलादेश फाइनलमा
Photo: NSJF

काठमाडौं: यू २० साफ च्याम्पियनसिप अन्तर्गत आजसम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकिएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा खेलको ६४ औं मिनेटमा बंगलादेशका नोभाले गोल गर्दै अग्रता दिएका थिए। तर, ६८ औं मिनेटमा निराजन मल्लले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन्। प्रतिस्पर्धात्मक बनेका खेल केहीबेर तनाबपूर्ण समेत बनेको थियो। यसक्रममा बंगलादेशका शहीदुल इस्लाम तथा नेपालका दीपेश गुरुङ र बेन्चमा रहेका रोहित सुब्बाले रातोकार्ड ब्यहोरेका थिए।

बराबरीसँग अपराजित बंगलादेश फाइनल प्रवेश गरेको छ भने नेपालको फाइनल प्रवेशको सम्भावना भने झिनोमात्र रहेको छ। आजै अर्को खेलमा भारत र माल्दिभ्स भिड्दैछन्। आजको खेलमा माल्दिभ्सले भारतलाई हराएको खण्डमा मात्र नेपाल फाइनलमा प्रवेश गर्नेछ। यसअघिका खेलमा नेपालले श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजय ब्यहोरेको थियो। आजको बराबरीसँग नेपालले ७ अंक जोडेको छ भने बंगलादेशले १० अंक बनाएको छ। त्यस्तै एक खेल खेल्न बाँकी रहेको भारतको ६ अंक र माल्दिभ्सको १ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell