PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

साउथ चाइना सिमाथि उडिरहेको एउटा विमान जसलाई ६० हजारभन्दा बढीले किन गरिरहेका छन् ट्र्याक?



पहिलोपोस्ट

साउथ चाइना सिमाथि उडिरहेको एउटा विमान जसलाई ६० हजारभन्दा बढीले किन गरिरहेका छन् ट्र्याक?

काठमाडौं : अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी मंगलवार राति स्थानीय समयअनुसार १० बजेपछि ताइपेइमा अवतरण हुने तयारी भइरहेको छ। ताइवानको लिबर्टी टाइम्सले पेलोसी १०:२० मा त्यहाँको सङसान विमानस्थलमा अवतरण हुने जनाएको छ। 

यसैले होला यतिबेला विश्वको ध्यान ताइपेइमा अवतरण हुने विमानतर्फ केन्द्रीत छ। पेलोसीलाई अमेरिकाबाट सिङ्गापुर हुँदै क्वालालम्पुर पुर्‍याएको कलसाइन एसपीएआर १९ बोइङ सी-४० सी  विमान विश्वभरबाट ट्र्याक भइरहेको छ। यो समाचार तयार पार्दासम्म फ्लाइट राडर-२४ मा यस विमानलाई ६० हजार बढीले ट्र्याक गरिरहेका छन्। 

यो विमान स्थानीय समयअनुसार १५:४२ बजे मलेसियाबाट उडेको थियो। गन्तव्य उल्लेख नभएको यही विमानमार्फत पेलोसी नेतृत्वको अमेरिकी संसदीय टोली क्वालालम्पुर पुगेको थियो। यो विमान त्यहाँको सुल्तान अब्दुल अजिज शाह विमानस्थलबाट उडेको थियो। यद्यपि अर्को अमेरिकी सेनाको विमान एसपीएआर २० पनि क्वालालम्पुर छ। क्वालालम्पुरबाट ताइपेइ पुग्न ५ घण्टा लाग्ने छ। 

एसपीएआर २० जापानबाट आजै बिहानमात्र मलेसिया पुगेको थियो। पछिल्लो समय एसपीआरए १९ फिलिफिन्स नजिक साउथ चाइना सीमाथि उडिरहेको छ। यो विमान इन्डोनेसिया माथिबाट उत्तरतर्फ मोडिएको थियो। मलेसियादेखि ताइवान जान साधरणतय विमानहरु फिलिपिन्सको पश्चिमतर्फ साउथ चाइना सी हुँदै जान्छन्। 

तर यो विमान उडान लिएसँगै पूर्वतर्फ लागेर इन्डोनेसियाको एयरस्पेसमा प्रवेश गरी फिलिफिन्सको पूर्वतिरबाट उत्तर लागेको छ। अमेरिकी सभामुख पेलोसी यही विमानबाट ताइवान गइरहेकी छन् वा अन्य कुनै विमानको प्रयोग भइरहेको छ भन्ने खुलेको छैन। यद्यपि उनी यही विमानबाट त ताइवान जाँदैछन् कि भनेर संसारभरबाट चासो लिइरहेका छन। त्यसैले होला अहिले यो विमान विश्वभरबाट ट्र्याक भइरहेको देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell