PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल २२ लाख ५० हजार घुससहित नक्सालबाट पक्राउ



पहिलोपोस्ट

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल २२ लाख ५० हजार घुससहित नक्सालबाट पक्राउ

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन्। नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले होटल अरन्या परिसर नक्सालबाट पक्राउ गरेको हो। नेपालको साथबाट २२ लाख ५० हजार रुपैयाँ अख्तियारको टोलीले बरामद गरेको छ। 

नागरिक उड्‌डयन महाशाखामा कार्यरत नेपालले प्याराग्लाइडिङ्ग सञ्चालनको लागि अनुमतिपत्र उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको सूचनाका आधारमा अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका नेपालको साथमा अख्तियारले स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको हो। गाडी खानतलास गर्ने क्रममा उक्त रकम फेला पारिएको अख्तियारले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell