PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

हाफ पाइन्टको मेटल बटन बनाएर सुन ल्याउने भारतीय पक्राउ



पहिलोपोस्ट

हाफ पाइन्टको मेटल बटन बनाएर सुन ल्याउने भारतीय पक्राउ

काठमाडौंः अवैध रुपमा विदेशबाट सुन तस्करी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो १ बजे थाई स्माइल एयरलाईन्सको उडानमार्फत बैंककबाट काठमाडौं अवतरण गरेका भारतीय नागरिक डेभिड मक्करलाई पक्राउ गरिएको हो। उनले ल्याएका ५ वटा हाफ पाइन्टमा अस्वाभाविक संख्यामा जडान गरिएका टाँक (टिप बटन) भित्र साना-साना रिङ् बनाएर ४२६ ग्राम सुन लुकाइ ल्याएको सूचना पाएपछि विमानस्थल भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो।

 रेडिमेड हाफ पाइन्टको मेटल बटनभित्र प्रत्येक बटनमा २ वटा सुनका रिङलाई फिट गरेर सुन लुकाइ ल्याइएको पाइएको हो। सुनको प्रचलित बजार मूल्य करिब ३५ लाख  रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell