PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

विरोधका बीच ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी



पहिलोपोस्ट

विरोधका बीच ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी
फोटो: रोयटर्स

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन्। पेलोसीको भ्रमणलाई लिएर चीनले अमेरिकालाई निरन्तर चेतावनी दिइरहेका बेला उनी ताइवान पुगेकी हुन्। रुसले समेत उनको भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिएको थियो। पेलोसी ताइवान पुगेपछि रुसले समेत निन्दा गरेको छ।   

एसियाली देशहरुको भ्रमणमा निस्किएकी पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी हुन्। पेलोसीको भ्रमणको औपचारिक घोषणा गरिएको थिएन।

पेलोसी ताइवानमा अवतरण गर्दा चिनियाँ जनमुक्ति सेनाका जहाज ताइवानको आकाशमा उडेका थिए।

पेलोसीको भ्रमणलाई चिनियाँ कम्युनिस्ट पार्टी, राष्ट्रिय जनकंग्रेस लगायतले पनि विरोध जनाएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell