PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

चितवनको मौरी खोला पुल नजिकै पहिरो, भारतीय ट्रकमा सवार सबैको सकुशल उद्धार



पहिलोपोस्ट

चितवनको मौरी खोला पुल नजिकै पहिरो, भारतीय ट्रकमा सवार सबैको सकुशल उद्धार

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२९ नारायणगढ मुग्लिन सडकको केराबारी भन्ने स्थानमा पहिरो गएको छ। आज बिहान मौरी खोला पुल नजिकै वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेकफ हो। पहिरोका कारण सडक अवरुद्ध भएकफो छ।

पहिरोका कारण सो सडकखण्ड अवरोध हुँदा यातायातका सवारीसाधन संचालन हुन सकेको छैन। सोही स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मिनी ट्रक माथीबाट झरेको लेदोमा फसेको प्रहरीले जनाएको छ। जसकारण ट्रकको पछाडीको चक्का सामान्य रुपमा पुरिएको थियो। पछि प्रहरीले ट्रकभित्र रहेका सबैजनालाई सकुशल बाहिर निकालेको थियो।

हाल सम्बन्धित निकायसँग समन्वय गरि सो सडक खुलाउने प्रयास भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell