PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१७ दिनमा थपिए ३७०५ जना सक्रिय कोरोना संक्रमित, काठमाडौं उपत्यकामा ७० प्रतिशत 'एक्टिभ केस'



पहिलोपोस्ट

१७ दिनमा थपिए ३७०५ जना सक्रिय कोरोना संक्रमित, काठमाडौं उपत्यकामा ७० प्रतिशत 'एक्टिभ केस'
ग्राफ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। मंगलवारमात्र ८१४ जना संक्रमित थपिएका छन्। यससँगै देरभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ। संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका अनुसार साउन महिनाको १७ दिनमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको छ। साउन १ गते देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ४३९ थियो। साउन १७ गतेसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या ३ हजार ७०५ जनाले बढेर ५ हजार १४४ पुगेको छ। यस्तै, साउन महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। 

काठमाडौं उपत्यकाका कति छन् एक्टिभ केस ?

देशभर संक्रमण बढ्दै जाँदा सबैभन्दा बढी एक्टिभ केस काठमाडौंमा छ। साउन १७ गतेसम्म यहाँ ३ हजार १८ जना सक्रिय कोरोना संक्रमित पहिचान भएका छन्। ललितपुरमा ५५० जना र भक्तपुरमा ३० जना सक्रिय संक्रमित छन्। यससँगै उपत्यकामा कुल सक्रिय संक्रमितको संख्या ३ हजार ५९८ पुगेको छ। जुन देशभर सक्रिय कोरोना संक्रमितको करिब ७० प्रतिशत हो।

संक्रमण बढिरहेको भन्दै मन्त्रालयले मास्कको अनिवार्य प्रयोग गर्न र खोप लगाउन छुटेकाले खोप लगाउन आग्रह गरेको छ।  

कहाँ कहाँ हुन्छ नि:शुल्क उपचार ?

संक्रमण बढेसँगै सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरु तोकेको छ। सातै प्रदेशमा यी अस्पतालहरुमा गए संक्रमितहरुको नि:शुल्क उपचार हुनेछ। 

No photo description available.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell