PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

कोशी नदीको भँगालो बस्तीमा पस्यो, बेलका नगरपालिकाका वडाहरु डुबानमा



पहिलोपोस्ट

कोशी नदीको भँगालो बस्तीमा पस्यो, बेलका नगरपालिकाका वडाहरु डुबानमा

काठमाडौं : कोशी नदीको भँगालो उदयपुरको बेलका नगरपालिकाको बस्ती पसेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। आज बिहान करिब ४ बजे नदीको बाँध फुटेर भँगालो बस्ती पसेको जनाइएको छ।

भँगालो बस्तीमा पसेपछि नगरपालिकाका केही वडाहरु डुबानमा परेका छन्। बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ प्रभावित भएका छन्। बेलकासँगै रहेका अन्य नगरपालिकामा पनि डुबान भएको बताइएको छ। जसकारण सयौं मानिसहरु प्रभावित भएका छन्।

स्थानीयलाई सुरक्षित स्थानमा जान भनिएको छ। डुबान क्षेत्रमा फसेकाहरुको उद्धारका लागि सेना  प्रहरीको टोली परिचालन गरिएको छ।

महाशाखाले आज कोशी, नारायणी र सेती गण्डकीको जलसतह सतर्कता तह आसपास रहेको जनाएको छ। महाशाखाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै, सप्तकोशी नदी चतरामा जलसतह हिजो देखिनै सतर्कता तह नजिक रहेको र आज पनि जलसतह नघट्ने हुँदा उदयपुर तर्फ थप कटान हुन सक्ने हुँदा,उदयपुर,सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा हुनेहरूले बेलुका सम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन भनिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell