PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

सप्तकोसीमा बाढी : पीडितको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको सेनालाई निर्देशन



पहिलोपोस्ट

सप्तकोसीमा बाढी : पीडितको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको सेनालाई निर्देशन

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोसीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।

नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन्।

सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ। सप्तकोसीको कटानका कारण दुई हजार चार सय घर परिवार विस्थापित हुने भएकाले उनीहरूलाई अन्यत्रै स्थानान्तरण गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell