PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

‘प्रकाश' ले माग्यो भिडियो कविता, पहिलो हुनेलाई एक लाख पुरस्कार



पहिलोपोस्ट

‘प्रकाश' ले माग्यो भिडियो कविता, पहिलो हुनेलाई एक लाख पुरस्कार

काठमाडौं : फिल्म ‘प्रकाश’ ले शिक्षकको विशेषता र महत्त्वबारे कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। निर्माता महेन्द्र अधिकारीका अनुसार प्रतियोगितामा कलेज तथा स्कूलका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुनको लागि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको हुनुपर्नेछ। कक्षा १२ सम्मको विद्यार्थीहरुले प्रतियोगितामा सहभागी जनाउन पाउनेछन्।

प्रतियोगितामा प्रथम हुने विजेताले एकलाख पुरस्कार पाउने छन् भने दोस्रो हुनेले ५० हजार पुरस्कार पाउने आयोजकले जनायो। कविता भदौ २० सम्म पठाइसक्नुपर्ने आयोजकले जनाएको छ।

नेपाली र अंग्रेजी दुबै भाषालाई मान्यता दिइएको कविताको भिडियो १ देखि साढे एक मिनेट सम्मको हुनुपर्नेछ। सहभागीले कविताको भिडियो आफै बनाएर प्रकाशको इमेलमा पठाउन सक्नेछन्।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ। बिकास सुबेदीको लेखन रहेको फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा समेटेको छ।

नेपालसहित विभिन्न देशमा रिलिज हुने यो फिल्म भदौ १० गतेबाट रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell