PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आमिरको फिल्म 'लाल सिंह चड्ढा'लाई नेपाल भित्र्याउन किन तिरियो २ करोड?



पहिलोपोस्ट

आमिरको फिल्म 'लाल सिंह चड्ढा'लाई नेपाल भित्र्याउन किन तिरियो २ करोड?

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ ११ अगस्ट अर्थात् साउन २६ गतेदेखि विश्वभर प्रदर्शन हुँदैछ। यसैबिच, नेपालले ‘लाल सिंह चड्ढा’ को प्रदर्शन अधिकार अहिलेसम्मकै मंहगो रकममा खरिद गरेको छ।

आमिर खान स्टार ‘लाल सिंह चड्डा’ लाई अहिलेसम्मकै महँगो रकममा नेपाल भित्र्याएको वितरक मनोज राठीले दाबी गरे। ब्यांकटेस इन्टरटेनमेन्टमार्फत दुई करोड रुपैयाँमा फिल्मको प्रदर्शन अधिकार लिएको बताउँछन् राठी। भन्छन्,‘यस फिल्मलाई हामीले अहिलेसम्मकै उच्च मुल्यमा किनेका छौँ। यसको राइट ‘आरआरआर’ र ‘केजीएफ-२’ भन्दा पनि बढी हो।’

यसअघिका चर्चित दक्षिण भारतीय फिल्महरू ‘केजीएफ: च्याप्टर २’ लाई १ करोड ७० लाख र ‘आरआरआर’ लाई १ करोडमा खरिद गरेको उनले सुनाए।

आमिर फिल्म ‘लाल सिंह चड्ढा’ चार वर्षपछि देखिदैँछन्। आमिर अभिनित पछिल्लो फिल्म 'ठग्स अफ हिन्दुस्तान' फ्लप भएपछि उनी कुनै फिल्ममा देखिएका थिएनन्। आमिरको लामो समयपछिको कमब्याक र बहुप्रतिक्षित फिल्म भएका कारण मंहगो रकम तिर्न राजी भएको राठीको भनाई छ।

‘आमिर चार/पाँचवर्षपछि यस फिल्ममा देखिदैछन्। उनी फिल्मको लागि निकै मेहनेत र राम्रो काम गर्छन्। त्यसमाथि यो फिल्म संसारभरी नै रिलिज हुँदैछ। जसकारण आमिरको फिल्म चल्छ भन्ने आशले मंहगो रकम तिरेको हुँ,’ राठीले भने।

लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। यो फिल्ममा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरुको कथामा आधारित रहेको बताइएको छ।

आमिर खान प्रोडक्सन र भायकम–१८ ब्यानरमा निर्माण भएको फिल्ममा अद्वेत चन्दनको निर्देशन रहेको छ। यस फिल्मलाई विश्वभरी हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चरर्सले वितरण गर्दैछ।

फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ। फिल्ममा आमिर खान, किरण राव, ज्योती देशपण्डे र अजित अन्धेरेको लगानी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell