PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको मृत्यु

बुटवल : मोटरसाइकल रुखमा ठोक्किँदा कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ। बुधवार बिहान वाणगंगा नगरपालिका-२ पिपराको गोवडीहवामा तीव्र गतिमा गुडिरहेको लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक वाणगंगा २ कप्टैयाका २५ वर्षीय रमेश विक र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २७ वर्षीय गोपाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपक बाबु केसीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।

कोइली नदीमा बेपत्ता सुनारको शव फेला

मंगलवार बिहान बाणगंगा नगरपालिका ९ स्थित कोइली नदीले बगाउँदा बेपत्ता भएका ३६ वर्षीय दिलकुमार सुनारको शव बुधवार बिहान भेटिएको छ।

बुधवार बिहानैदेखि उनको खोजी गर्दा कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा शव भेटिएको प्रहरी निरीक्षक केसीले बताए। बाणगंगा नगरपालिका-७ का दिलकुमार र उनकी पत्नी राममायालाई नदी तर्ने क्रममा मंगलवार बिहान नदीले बगाएको थियो।

राममायाको शव मंगलवार दिउँसो भेटिएपनि दिलकुमारको शव भेटिएको थिएन। उनीहरुसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले सकुशल उद्धार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell