PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काङ्ग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता



पहिलोपोस्ट

काङ्ग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नयाँदिल्ली : पूर्व उपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधवार बिहान दुई देशका नेताबिच भेट भएको निधिको सचिवालयले जनायो। एक घण्टा लामो भेटमा नेपाल भारत दुई देश तथा नेपाली काङ्ग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने लगायतका विषयमा छलफल भएको थियो।

उक्त अवसरमा कांग्रेस पूर्व उपसभापतिसमेत रहेका निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने बिषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धीमूलक भएको बताएका थिए। यसले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रुपमा थप बलियो बनाउने निधिले विश्वास व्यक्त गरे। 

चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बिश्वास व्यक्त गरे।

गत शुक्रवार अयोध्या पुगेका निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell