PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट एक जना शंकास्पद व्यक्ति पक्राउ



पहिलोपोस्ट

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट एक जना शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं : काठमाडौंबाट मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको जहाजबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सन्तोष लामिछाने नामका एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

शंकास्पद व्यक्ति चढेको सूचना आएपछि प्रहरीले जहाज रोकी जाँच गरेको थियो। सूचना आउनसाथ प्रहरीको केन्द्रीय ब्युरो त्रिभुवन विमानस्थल पुगेको र लामिछानेलाई पक्राउ गरेको प्रहरी स्रोतले जनायो। उक्त जहाज बिहान ११:१० मा मुम्बई उड्ने तालिका थियो। लामिछाने पक्राउ परेसँगै जहाज केही बेरमा उड्ने विमानस्थल स्रोतले जनाएको छ। 

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell