PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

ताइवान भ्रमण टुङ्ग्याएर ताइपेइ छाडिन् अमेरिकी सभामुख पेलोसीले



पहिलोपोस्ट

ताइवान भ्रमण टुङ्ग्याएर ताइपेइ छाडिन् अमेरिकी सभामुख पेलोसीले
अमेरिकी सभामुख पेलोसी विमानस्थलतिर जाँदै।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण सकेर त्यहाँदेखि प्रस्थान गरेकी छन्। स्थानीय समयअनुसार साँझ ६ बजे पेलोसी सवार एयर फोर्सको कलसाइन एसपीएआर १९ विमान ताइपेइको सङसान विमानस्थलबाट उडेको छ। 

पेलोसीको भ्रमणको चीनले क्रुद्ध प्रतिक्रिया दिएको छ। चीनले ताइवान परिपरि सैन्य अभ्यास सुरु गरेको छ। त्यसलाई रोक्न र सभामुख सवार साधनलाई सुरक्षा प्रदान गर्न अमेरिकी एयरक्राफ्ट क्यारियर दक्षिण चीन सागरमा परिचालित छन्। 

मंगलबार राति ताइपेइमा ओर्लिएकी पेलोसीले त्यहाँ संसदमा सम्बोधन गर्नुका साथै राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी थिइन्। त्यस्तै उनले त्यहाँ रहँदा जिङमेइ ह्युमन राइट पार्कमा करिब साढे दुई घण्टा बिताएको ताइवानको समाचार संस्था लिबर्टी टाइम्सले जनाएको छ। 

त्यहाँदेखि ३०० ताइपेइ प्रहरीका अधिकारीलाई पेलोसीलाई विमानस्थलतर्फ स्कर्ट गरेका थिए। उनको यात्रका क्रममा चाइना युनिफिकेसन प्रमोसन पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेको समाचारमा उल्लेख छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएकोसमेत जनाएको छ। 

ताइवानमा रहँदा पेलोसीलाई त्यहाँको सर्वोच्च सम्मान प्रदान गरिएको छ। ताइवानपछि पेलोसी दक्षिण कोरिया र जापान भ्रमणमा जाने बताइएको छ। यद्यपि उनको अबको गन्तव्य कहाँ हुन्छ भनेर स्पष्ट जानकारी गराइएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell