PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

२० दिन लामो अपरेशनबाट ५८ लाख बराबरको लागूऔषध बरामद, तरकारीको बोरामा भित्रिन्थ्यो काठमाडौं



पहिलोपोस्ट

२० दिन लामो अपरेशनबाट ५८ लाख बराबरको लागूऔषध बरामद, तरकारीको बोरामा भित्रिन्थ्यो काठमाडौं

काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोले २२ जनालाई पक्राउ गरेको छ। २० दिन लामो अपरेशनबाट ब्युरोले लागुऔषध कारोबारमा संलग्न १८ पुरुष र चार महिलालाई पक्राउ गरेको ब्युरो प्रमुख विकाशराज खनालले जानकारी दिए।

उनीहरुको साथबाट ४५९ ग्राम हेरोइन, डायलेक्स-डीसी (१०० एमएल) ११८० बोतल, नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान बरामद गरेको छ। बरामद सो लागुऔषधको मूल्य ५८ लाख १० हजार ८०० रहेको प्रहरीको अनुमान छ।

उनीहरुले लागुऔषध तरकारीको बोरामा हालेर काठमाडौं उपत्यका भित्र्याउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

अवैध बजारमा हेरोइनको मूल्य १० हजार प्रतिग्राम, डायलेक्स डीसी एक हजार प्रतिबोतल, नाइट्राभेट ट्याब ३० रुपैयाँ प्रतिट्याब्लेट र प्रोक्सिभोन २० रुपैयाँ प्रतिक्याप्सुल रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell