PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

मंसिर ४ मा चुनाव गर्न गठबन्धनमा समझदारी, कहिले तोकिन्छ मिति?



पहिलोपोस्ट

मंसिर ४ मा चुनाव गर्न गठबन्धनमा समझदारी, कहिले तोकिन्छ मिति?
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते प्रदेश तथा प्रतितिनिधसभाको निर्वाचन गर्ने समझदारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा चुनावको मिति तोक्नेबारेमा छलफल भएको थियो।

उक्त बैठकमा चुनाव र गठबन्धनका बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले जानकारी दिए।

‘चुनावका बारेमा छलफल भएको छ। मन्त्रिपरिषद्बाट निर्णय गर्ने भनिएको छ,’उनले भने।

अबको मन्त्रिपरिषद्बाट चुनावको मिति तय हुने नेताहरुले बताएका छन्। निर्वाचन आयोगले असार २२ गते चुनावको मिति मंसिर ४ गतेका लागि तोक्न सरकारलाई सुझाव दिएको थियो।

उक्त सुझाव अनुसार नै देउवाले चुनावको मिति तोक्ने तयारी गरेका थिए। तर, सत्ता गठबन्धनका नेताहरुबिच सहमति जुट्न नसक्दा चुनावको मिति तोकिएको छैन। आजको बैठकमा प्रतिनिधिसभाको म्याद चुनाव सम्मै राख्ने या अहिले नै अन्त्य हुने भन्नेबारेमा पनि छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell