PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

ताइवान वरिपरि सुरु भयो चीनको संयुक्त सैन्य अभ्यास, वाङको चेतावनी : चीनको सार्वभौमसत्ता उल्लङ्घन गर्नेहरू दण्डित हुनेछन्

पहिलोपोस्ट

Photo : Reuters

चीनको जनमुक्ती सेना (पीएलए)को इस्टर्न थिएटर कमान्डले ताइवान वरिपरि संयुक्त सैन्य अभ्यास गरेको छ। सिन्हवाका अनुसार पीएलएले ताइवान टापुरको उत्तर, दक्षिणपूर्वी, दक्षिण उत्तर वाटर र एयरस्पेसमा अभ्यास गरेको हो।

अभ्यासमा नेभी र एयर फोर्सका साथै रकेट फोर्स, स्ट्राटेजिक सर्पोर्ट फोर्स र लिस्टिक सपोर्ट फोर्स सहभागी थिए।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले ताइवान वरिपरि ६ स्थानमा पाँच दिनसम्म सैन्य अभ्यास गर्दैछ। यो अभ्यास विश्वकै व्यस्त मानिने ‘वाटरवे’ मा हुने र लामो दूरीको एम्युनेसन प्रहार गरिने जनाइएको छ। ताइवानले आफ्नो एयर डिफेन्स जोनमा २७ वटा ‘वार प्लेन’ प्रवेश गरिसकेको जनाएको छ। चीनको अभ्यासका कारण ताइवानले पानीजहाजहरुलाई वैकल्पिक मार्ग खोज्न भनेको छ।

चीनको विरोधका बाबजुद मंगलवार राति ताइवान पुगेकी पेलोसी बुधवार फर्किएकी थिइन्। ताइपेइमा रहँदा पेलोसीले त्यहाँको संसदलाई सम्बोधन गर्नुका साथै ताइवानकी राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी थिइन्। त्यसक्रममा पेलोसीलाई ताइवानको सर्वोच्च नागरिक सम्मान प्रदान गरिएको थियो।

वेनसँगको भेटमा पेलोसीले चीनतर्फ लक्षित गर्दै विश्व लोकतन्त्र र निरंकुशताबिच लडिरहेको बताएकी थिइन्। पेलोसीले ताइवानलाई एक्लै नछाड्ने भन्दै ताइवान र विश्वमा लोकतन्त्र जोगाउन अमेरिकाको दृढ रहेको बताएकी थिइन्।

वाङको चेतावनी 

चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सलर वाङ यीले अमेरिकाले प्रजातन्त्रको नाममा चीनको सार्वभौमसत्ता माथि आक्रमण गरेको बताएका छन्। क्याम्बोडिया पुगेका वाङले पेलोसीको ताइवान भ्रमणले विश्वमा एक चीन नीति परिवर्तन नहुने र ताइवान चीन कै रहेको इतिहास परिवर्तन नहुने बताए।

उनले भने, ‘चीनको सार्वभौमसत्ता उल्लङ्घन गर्नेहरूलाई दण्डित गरिनेछ।’

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell