PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

मानिसले फ्याँकेको फोहोरमा फस्दैछन् चराहरु



पहिलोपोस्ट

मानिसले फ्याँकेको फोहोरमा फस्दैछन् चराहरु
Photo : Birds and Debris

विश्वका अधिकांश ‍महादेशमा मानिसले गरेको फोहोरका कारण चराहरु प्रभावित भएका छन्। अनलाइन प्रोजेकट ‘बर्ड्स एन्ड डेब्रिस’ का लागि संकल गरिएको तस्विरहरुमा अन्टार्टिका बाहेकका महादेशमा चराहरु फोहोरमा बस्न बाध्य भएको देखिएको हो।

एक तिहाई तस्विरमा चराहरु मास्कसँग देखिएका छन्। तस्विरहरुमा चराहरु मास्कसँगै प्लास्टिक, बलुनलगयातका फोहोर प्लास्टिकजन्य फोहोरसँग देखिएका छन्। यो प्रोजेक्टको उद्देश्य फोहोरले पारेको प्रभाव, विशेष गरी प्लास्टिकले चराहरुमा पारेको प्रभाव खोतल्नु हो। यो प्रोजेक्ट सुरु भएको चार वर्ष भइसकेको छ।

चराहरुले गुँड बनाउँदासँगै मानिसले फ्याँकेका फोहोर पनि पुग्ने गरेको छ। जसको प्रभाव चराचुरुङ्गीहरुको रहनसहनमा परेको सो प्रोजेक्टमा संलग्न रहेका डा एलेक्स बोन्डले बताए। प्लास्टिकका कारण सिर्जित समस्या ‘ग्लोबल इस्यु’ भएको उनले बताए। बोन्डले यो समस्या समाधान गर्न ‘ग्लोबल एक्सन’ नै जरुरी भइसकेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell