PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

कोशी र नारायणी नदीको जलसतह सतर्कता तह आसपास, यी जिल्लामा आउन सक्छ 'फ्ल्यास फ्लड'



पहिलोपोस्ट

कोशी र नारायणी नदीको जलसतह सतर्कता तह आसपास, यी जिल्लामा आउन सक्छ 'फ्ल्यास फ्लड'
तस्विर : बाढी पूर्वानुमान महाशाखा

काठमाडौं : आज र भोलि कोशी र नारायणी नदीको जलसतह सतर्कता तह आसपास रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यी नदीमा जल सतह घट्ने भए पनि सतर्कता तह आसपासनै हुने भएकाले महाशाखाले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

महाशाखाले विभिन्न नदीहरुको तीन दिने जल सतहको पूर्वानुमान सार्वजनिक गरेको छ। आज संखुवासभा, धनकुटा, सुनसरी, सप्तरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, दार्चुला र आसपास भइ बहने स-साना नदीहरुको बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ। यी जिल्ला भइ बहने नदीमा ‘फ्ल्यास फ्लड’ बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell