भारतमा पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार बिहानसम्म थप १९ हजार ८९३ जना संक्रमित थपिएका हुन्। भारतमा दैनिक संक्रमण दर अहिले ४.९४ रहेको छ।
पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढ्दो छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ४७८ रहेको छ।
भारतमा पछिल्लो २४ घण्टामा ३८ लाख २० हजार ६७६ जनालाई कोरोना विरुद्धको खोप दिइएको मन्त्रालयले जनाएको छ।
#AmritMahotsav#Unite2FightCorona#LargestVaccineDrive
— Ministry of Health (@MoHFW_INDIA) August 4, 2022
𝗖𝗢𝗩𝗜𝗗 𝗙𝗟𝗔𝗦𝗛https://t.co/8mPgJt6Ev8 pic.twitter.com/XgDY3mov2Q
भारतमा संक्रमण बढेसँगै सीमा हुँदै नेपाल आउनेमा पनि संक्रमण देखिँदैछ। जसकारण सीमा क्षेत्रको हेल्थपोस्टहरुमा कडाइ गरिएको छ।