PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

‘मिस्टर एण्ड मिस थारु’को चौँथो संस्करणको लागि आवेदन खुला



पहिलोपोस्ट

‘मिस्टर एण्ड मिस थारु’को चौँथो संस्करणको लागि आवेदन खुला

काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’को चौँथो संस्करणको आवेदन खुला गरिएको छ। साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पूरा भइसकेको आयोजक संस्था जह इन्टरटेनमेन्ट प्रालिले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिस्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छन्। त्यस्तै, खल्ती एपमार्फत पनि आवेदन दिन सकिने छ। आवेदनका लागि ६०० रुपैयाँ शुल्क तोकिएको छ।

थारू समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य १० शहरमा अडिसन हुने बताइएको छ। आयोजकका अनुसार साउन २१ गते (शनिवार) सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुनेछ।

त्यसैगरी, मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टीकापुरमा साउन २४ गते अडिसन चल्नेछ। अन्तिम दिनको अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा अडिसन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell