PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

काठमाडौंबाट चिनियाँ नागरिकको अपहरण गरी फिरौती माग, ६ जना नेपाली समातिए



पहिलोपोस्ट

काठमाडौंबाट चिनियाँ नागरिकको अपहरण गरी फिरौती माग, ६ जना नेपाली समातिए

काठमाडौं : चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती मागेको अभियोगमा प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको छ।

बुधवार राति उनीहरूले चिनियाँ नागरिकलाई अपहरण गरेर होटेलमा बन्धक बनाएर राखेका थिए। प्रहरीले सूचना पाएपछि चिनियाँ नागरिकलाई अपहरणमुक्त गरेर ६ जनालाई पक्राउ गर्न सफल भएको थियो।

उनीहरूले चिनियाँ नागरिकसँग एक करोड रुपैयाँ माग गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए।

घटनामा संलग्न अरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell