PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

नेपालगञ्जदेखि काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, नेपालगञ्जमा आकस्मिक अवतरण



पहिलोपोस्ट

नेपालगञ्जदेखि काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, नेपालगञ्जमा आकस्मिक अवतरण

काठमाडौं : काठमाडौंतर्फ उडेको श्री एयरलाइन्सको टर्बोप्रोपको देब्रे इन्जिनमा समस्या आएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ।

बिहीवार बिहान ९:४९ बजे काठमाडौंको लागि उडान गरेको यो जहाज १० नटिकल माइल पार गर्ने क्रममा देब्रे पट्टीको इन्जिनमा आगो लागेपछि पुनः आकस्मिक अवतरण गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ।

विमानस्थलका अनुसार जहाजमा चालकदलसहित ७९ जना यात्रु सवार थिए।

जहाजमा सवार यात्रुलाई अर्को जहाजमा काठमाडौं ल्याउनका लागि तयारी सुरु गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए।

‘जहाज उडान गर्ने क्रममा प्राविधिक समस्या आएपछि पुनः नेपालगञ्जमै अवतरण गराइएको छ। यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं ल्याउने तयारी गरेका छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell