PahiloPost

Oct 23, 2025 | ७ कात्तिक २०८२

मोटरसाइकलमा आइरहेका युवाको साथमा भेटियो साढे ३२ लाख रुपैयाँ, स्रोत नखुलेपछि कोठामा छापा मार्दा थप साढे १७ लाख भेटियो



पहिलोपोस्ट

मोटरसाइकलमा आइरहेका युवाको साथमा भेटियो साढे ३२ लाख रुपैयाँ, स्रोत नखुलेपछि कोठामा छापा मार्दा थप साढे १७ लाख भेटियो
फाइल फोटो

काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-६ तीनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-६ भृकुटी चोकबाट बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा आएका घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell