PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल : बार



पहिलोपोस्ट

नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल : बार

काठमाडौं : नेपाल बार एसोसिएसनले सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल रहेको बताएको छ। बारले आज एक विज्ञप्ति जारी गर्दै वैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी अन्य भाषा नेपालको सरकारी कामकाजको भाषाको रुपमा सरकारी कार्यालय/निकायले प्रयोग गर्न नमिल्ने बताएको छ।

संविधानले आत्मसाथ गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि कार्य गर्न नमिल्ने बारको ठम्याइ छ।

‘नेपाली नागरिकले सदियौँदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु भनेको नेपाली नागरिकको भाषासम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन भएको ठहर नेपाल बार एशोसिएशनको मिति २०७९/०४/१४ मा बसेको कार्यसमिति बैठकले गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन गर्ने गराउने कार्यका लागि सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपी)मा लेख्नु पर्ने अनिवार्य व्यवस्था गर्न बारले माग समते गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell