PahiloPost

Nov 1, 2025 | १६ कात्तिक २०८२

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की। फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीवार दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए।

सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो। उक्त सहमतिअनुसार मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा भएको हो।

निर्वाचन आयोगले असार २२ गते देउवालाई भेटेर मंसिर ४ गते चुनाव गर्न सुझाव दिएको थियो। उक्त सुझाव दिएको एक महिनापछि सरकार चुनावको मिति तोक्ने तयारीमा छ। देउवाले केही दिनअघि नै चुनावको मिति तोक्ने तयारी गरे पनि गठबन्धनमा सहमति हुन नसकेपछि चुनावको मितिबारे सरकार अनिर्णित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell