
काठमाडौं : नेकपा (एमाले)का सांसद भीम रावलले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
समितिहरु संसद्कै अधिकार सम्पन्न अंग भएको भन्दै उनले समितिले मागेको कागजात सरकारले दिनु पर्ने बताए।
उनले भने, ‘मैले संसद्मा सरकारले दिएको जवाफ सुनेँ। त्यसमा पत्र माग्नु सरकारप्रति अविश्वास भन्नु भयो। धेरै अविश्वास छ हाम्रो। पत्र दिँदा आपत्ति भनेर भन्नु गैर जिम्मेवार छ। संसद्लाई विश्वास आफै नगर्ने? संसदलाई खै विश्वास?’
सम्बन्धित समितिमा नआउने, पत्र नपठाउने कदम आपत्तिजनक भएको उनको भनाइ थियो।
उनले भने, ‘विदेशीले पत्र हेर्न हुने, अमेरिकी दूतावासले हेर्न हुने, हामी नेपाली जनताका प्रतिनिधिले हेर्न नहुने? पहिला आफ्नो देशको जनताको विश्वास गर्नुपर्छ। विदेशीलाई पठाएको पत्र लुकाउनपर्ने कानुनसँग मेल खादैन।’
ताइवानमा अमेरिकाका सभामुखको भ्रमणपछि त्यहाँको अवस्था तनावपूर्ण रहेको भन्दै उनले यस्तो बेलामा प्रधान सेनापति एसपीपीको कार्यक्रममा जान स्वाधिन हुन्छ? भन्दै प्रश्न गरे।
‘हाम्रा स्थापित मान्यता यता उता गरे हामीलाई दवदको भुमरिमा धकेल्छ। राष्ट्रिय सुरक्षाका बारेमा नेपाली जनताले थाहा पाउन पर्छ नभए अमेरिका चीन द्वन्द्वको चपेटामा पर्छ,’ उनले भने।