PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त, कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप



पहिलोपोस्ट

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त, कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को बिहीवार सिंहदरबारमा बसेको बैठकले अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।

‘अधिकारीलाई हटाउने निर्णय भएको छ,’ उनले भने।

अधिकारीमाथि कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। छानबिन समिति बनाएर सरकारले अधिकारीमाथि छानबिन गरेकोमा बिहीवारको मन्त्रिपरिषद्को बैठकले पदबाटै हटाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो। निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले आम निर्वाचनको घोषणा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell