PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

ताइवान मामिलामा तनाब बढ्दै गएपछि चीनले रद्द गर्‍यो चीन-जापान विदेशमन्त्री स्तरीय वार्ता



पहिलोपोस्ट

ताइवान मामिलामा तनाब बढ्दै गएपछि चीनले रद्द गर्‍यो चीन-जापान विदेशमन्त्री स्तरीय वार्ता
Photo: MFA China

ताइवान मामिलामा अमेरिका र चीनबिच बढ्दो तनाबका बीच चीनले विदेश मन्त्रीको जापानी समकक्षीसँगको भेटवार्ता रद्द गरेको छ।

कम्बोडियामा आयोजना भएको दक्षिण-पूर्वी एसियाका देशहरुको संगठन आसियनमा सहभागी हुन कम्बोडिया पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी र जापानका विदेश मन्त्रीसँग साइडलाइनमा वार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर, ताइवानको विषयलाई लिएर जी-७ र युरोपेली राष्ट्रले निकालेको संयुक्त वक्तव्य पछि चीनले भेटवार्ता रद्द गरेको हो।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनइनले नियमित पत्रकार सम्मेलनमा भेटवार्ता रद्द गरिएको पुष्टि गरेकी हुन्।

‘हामीले जापानसँग कुनै मिटिङ राख्ने छैनौँ किनकी जापानले जी-७ का अन्य राष्ट्रसँग मिलेर ताइवानको विषयमा चीनलाई दोष लगाउँदै गैर जिम्मेवारपूर्ण वक्तव्य निकालेको छ’, उनले अगाडि भनेकी छन्, ‘जापानको यो निर्णयले चिनियाँ जनता असन्तुष्ट भएका छन्। त्यसैले हामी दुई विदेश मन्त्रीको भेटका लागि अगाडि बढ्ने छैनौँ।’

उनले ताइवानका मामिलामा जापानसँग ऐतिहासिक जिम्मेवारी रहेको बताउँदै भनिन्, ‘ताइवानमा जापानले गरेको अपराधको कारण उसको ऐतिहासिक जिम्मेवारी छ। त्यसलै उसले यस्ता अभिव्यक्ति दिएको सुहाउँदैन।’

प्रवक्ता चुनइनले जी-७ राष्ट्रलाई साम्राज्यवादी सपनाबाट ब्युझिन चेतावनी दिएकी छन्। जी-७ का विदेश मन्त्रीको वक्तव्यले उनीहरुलाई १२० वर्ष पहिलेको समयमा रहेको भान दिएको भन्दै उनले भनिन्, ‘हामी अब साम्राज्यवादी विश्वमा छैनौँ जहिले चिनियाँ भूमिमै चिनियाँ जनतामाथि लुटिएको थियो। आजको चीन १२० वर्ष पुरानो चीन होइन- जुन अपमानित र रक्ताम्य थियो। यी मानिसहरु अब उनीहरुको साम्राज्यवादी सपनाबाट ब्युँझिने बेला भएको छ।’

उनले वक्तव्य जारी गर्ने विदेश मन्त्रीलाई स्मरण गराइन्- ‘हामी १२० वर्ष पछाडि छैनौँ। हामी २१औँ सताब्दीको तेस्रो दशकमा छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell