PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

‘द भ्वाइस अफ नेपाल’को चौँथो संस्करणमा किन गरियो कोच परिवर्तन?



पहिलोपोस्ट

‘द भ्वाइस अफ नेपाल’को चौँथो संस्करणमा किन गरियो कोच परिवर्तन?

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौँथो संस्करण घोषणासँगै कोचहरू सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमका बिच कोचहरू परिवर्तन गर्नुका साथै शोको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।

चौँथो सिजनमा नयाँ कोचको रूपमा गायक राजेशपायल राई र गायिका प्रविशा अधिकारीको इन्ट्री भएको हो। दीप श्रेष्ठ र तिर्सना गुरूङ बाहिरिएसँगै भ्वाइसमा राजेश र प्रविशा भित्रिएका हुन्। तीन सिजनसम्म कोच रहेका गायक दीप श्रेष्ठले यस सिजनबाट विश्राम लिएको बताइएको छ।

राजेश ‘द भ्वाइस अफ नेपाल सिजन ३’का केही एपिसोडमा गेस्ट कोच बनेका थिए। त्यस्तै, गायिका अधिकारी ‘भ्वाइस अफ नेपाल किड्स’मा कोचको रूपमा देखिसकेकी थिइन्। अघिल्ला दुई सिजनका कोच रहेका राजु लामा र प्रमोद खरेलले भने निरन्तरता पाएका छन्।

अन्तर्राष्ट्रिय शोको ढाँचाअनुसार नै चौँथो सिजनको कोचहरू परिवर्तन गरिएको निर्देशक लक्षमण पौडेलले जानकारी दिए।

‘हामीले सुरुबाट नै कोच परिवर्तन गर्दै आएका छौँ। जुन शोकै फरम्याट पनि हो। नयाँ आवाज खोज्नको लागि कोच परिवर्तन हुन जरुरी हुन्छ। विगतका कोचहरूले आफ्नो छनोटका प्रतिभाहरू ल्याइसक्नु भएको छ। अब नयाँ आवाज सुन्न पाइन्छ भन्ने आशामा कोच परिवर्तन गरिएको हो। जुन अरू देशमा पनि हुन्छ,’ उनले भने।

दर्शकको चाहनाअनुसार नै कोचमा अनुबन्धित भएको सुनाउँदै राजेशले काम गर्न निकै उत्साहित रहेको बताए। त्यसैगरी, प्रविशाले भ्वाइस किड्सभन्दा यसमा निकै चुनौतीहरू हुने भएकाले कडा मेहनेत गर्ने सुनाइन्।

यसपटक शोमा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका प्रतिभाहरूलाई पनि समेटिएको छ। शहरी क्षेत्र र पहुँच भएकोले मात्रै मौका पाउँछ भन्ने गुनासोलाई मध्यनजर गर्दै यस पटक सुदूरपश्चिमको दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखिएको पौडेलले बताए।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट १२० जनालाई ब्लाइन्ड अडिसनको लागि छनोट गरिएको छ। कार्यक्रम उत्पादनका लागि तीव्र गतिमा काम भइरहेको र आगामी एक महिनाभित्रै प्रसारण सुरु गर्ने समेत बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell